गान्तोक: आगामी २६ जनवरीको दिन पालन गरिने गणतन्त्र दिवस तयारीलाई लिएर पाकिम जिल्लामा एक समन्वय सभा सम्पन्न भयो। पाकिम जिल्लाका अतिरिक्त जिल्लापालको प्रेक्षागृहमा आयोजित समन्वय सभामा वरिष्ठ पुलिस अधिक्षक कर्मा ग्याम्छो, अतिरिक्त जिल्लापाल अनुपा तामलिङ लगायत अन्य अधिकारीहरूले पनि सहभागिता जनाएका थिए।
उक्त सभालाई सम्बोधन गर्ने क्रममा अतिरिक्त जिल्लापाल अनुपा तामलिङले गणतन्त्र दिवसलाई सफलतापूर्वक सम्पन्न गराउनको निम्ति सम्वन्धित विभागका अधिकारीहरूले एक अर्कामा तालमेल राखेर काम गर्नुपर्ने आग्रह गरिन्। उनले विभागका अधिकारीहरूलाई कार्यक्रमलाई सफत तुल्याउनको निम्ति आवश्यक प्रवन्धन मिलाउनु पर्ने विषयमा निर्देश दिएकी छन्।
यसरी नै उनले सबै विभागका अधिकारीहरूले आफ्नो जिम्मेवारीलाई इमान्दारपूर्वक निर्वाह गर्दै कार्यक्रमलाई सफल तुल्याउनु पर्ने आग्रह गरेकी छन्।