कालचिनीमा गोर्खा माघे मिलन उत्सव सम्पन्न हुने

52fa9e6b-145d-4de1-9701-05d323697fb1

कालचिनीः विभिन्न जात गोष्ठीहरूमा विभाजित गोर्खा समाजलाई एकसुत्रमा ल्याउन अनि गोर्खा समाजका प्रायः १४ भन्दा अधिक जनजातिहरूको आ-आफ्नो संस्कृति झल्क्याउन एवम् सबै जातगोष्ठीको समागम गोर्खा माघे मिलन उत्सवमा गराउने लक्ष्य राखेर आउँदो १९ जनवरीदेखि २१ जनवरीसम्म तीन दिवसीय सांस्कृतिक, साहित्यिक साथै सांगेतिक कार्यक्रमको आयोजना हुने कुराको जानकारी शनिबार गोर्खा माघे मिलन उत्सव कमिटीको पक्षबाट दिईएको छ।
शनिबार यस सम्बन्धमा पत्रकारहरूसँग बोल्दै गोर्खा माघे मिलन उत्सव कमिटीको अध्यक्ष शरण लामा र सचिव चन्दन भट्टराईले माघ महीना यसै पनि कठ्याङ्ग्रिने जाड़ोको रमाइलो क्षण हुने गरेको र यसैबीच गोर्खाहरूको माघे संक्रान्ति पनि हुने गरेकोले यसैलाई गोर्खा माघे मिलन उत्सवको रुपमा मनाउन जमर्को गरिएको जनाएका छन्। यस अवसरमा १९ जनवरी अर्थात प्रथम दिन उत्सवको शोभायात्रा निकालिने र साँझ विभिन्न गोर्खा जातगोष्ठीका सांस्कृतिक कार्यक्रम सम्पन्न हुने जनाएका छन्।
कार्यक्रममा गोर्खा समाजका जम्मै राजनैतिक गैर राजनैतिक समाजसेवी औ विभिन्न क्षेत्रमा स्थापित हस्तीहरूलाई सम्वर्द्धना पनि जनाइने बताईएको छ। हाल यसैको तयारी चलिरहेको र सबै तप्कामा गोर्खा माघे मिलन उत्सव कमिटीको पक्षबाट सकारात्मक सहयोगिता प्रदान गरिदिने निवेदन पनि कमिटीको अध्यक्ष शरण लामा र सचिव चन्दन भट्टराईले गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement