सिलगढी: सिलगढी नगरनिगमको वार्ड समिति नम्बर २३ को आयोजनामा र सिलगढी नगरनिगमको सहयोगमा वार्ड महोत्सव “नव आनन्दे जागो” शुरू भएको छ। आजदेखि शुरू हुने वार्ड महोत्सवमा जानवरी १४ सम्म विभिन्न किसिमका खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरिने भएको छ।
सूर्यनगर मैदान अगाडि रहेको स्वर्गीय कृष्णचन्द्र पालको शालिकमा माल्यार्पण गरेर वार्ड महोत्सव शुरू भएको हो। त्यसपछि सिलगढी सहरका मेयर गौतम देवको नेतृत्वमा रंगीन जुलुस निकालिएको थियो। उक्त रंगारंगयात्रामा एक रुख एक जीवन, पानीको दुरुपयोग, नदी प्रदुषण, प्लाष्टिकका झोला प्रयोग नगर्ने सन्देश दिइएको थियो। उक्त जुलुसमा मानिसहरू प्लेकार्ड बोकेका थिए। जुलुस वार्ड नम्बर २३ का विभिन्न सडक परिक्रमा गरी वार्ड कार्यालय पुगेर समापन भएको थियो।