लाब्दा बस्तीमा शुरु भयो कृषि मेला

IMG-20240106-WA0194

लाब्दा: कृषि मेला आयोजक  समिति  लाब्दा बस्तीको आयोजनामा आजदेखि  पाँच दिवसीय कृषि मेला अजय छेत्रीको अध्यक्षतामा शुरु  भएको छ। समारोहका प्रमुख  अतिथि  जीटीए क्षेत्रीय  कार्यकारिणी सभासद रतन थापाको बाहुलीबाट कृषि मेला उद्घाटन गरियो। शरद राईले संचालन गरेको समारोहमा  कृषि विभाग  अनि  प्राणी  सम्पदा विभाग आर आर तकदाह खण्ड कर्मचारीवर्ग पनि उपस्थित  थिए। सुवास शेर्पाले संचालन गरेको समारोहमा स्थानीय कलाकारहरुले गीत नृत्य आदि प्रस्तुत गरे। आज कृषि मेलामा आर आर खण्ड प्राणी सम्पदा विभागद्वारा मङपू तीनवाट ग्राम पंचायत ग्रामवासीलाई  बाख्राको पाठा वितरण गरियो।

कृषि मेलामा आउँदो १० जनवारीमा प्राणी सम्पदा विभागले ५० भन्दा बढी स्थानीय  कृषिकहरुलाई  लिएर  संगोष्ठी राखिएको छ। उक्त विभागले नै गृहपालित गाई, बाख्रा पाल्ने चारजना कृषिकहरुलाई सम्बर्द्धना पनि जनाउने भएको छ। कृषि विभागले स्थानीय कृषिकहरुलाई  मकै  साथै अन्य फलफुलको बिजनहरु पनि वितरण गर्ने भएको छ। जिल्ला व्यवस्थापक अनुसूचित जाति अनि अनूसूचित जनजाति, पछौटे वर्ग विकास अनि वित्त विभाग दार्जीलिङले पनि  स्थानीय कृषिकहरुलाई ग्रहपालित वस्तुहरु पनि वितरण गर्ने भएको छ। कार्यक्रममा सुनखरी क समाजका नानीहरुले  नृत्य साथै स्थानीय गायिका डोमा तामाङ र सरस्वती गुरुङले सुन्दर गीत प्रस्तुत गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement