टेनिस खेलाडी तथा प्रशिक्षक रोशनकान्त घिसिङ सिलगढी पुलिस आयुक्तालयद्वारा सम्मानित

IMG-20240106-WA0197

सिलगढी: सिलगढी पुलिस आयुक्तालयको ११औं वार्षिक खेलकुद दार्जीलिङ मोडको मैदानमा पुलिस आयुक्त सी सुधाकरको उपस्तिथिमा भव्य रुपमा सम्पन्न भयो। यस अवसरमा उत्तर बंगालमा टेनिस खेलको विकास गर्दै आएका रोशनकान्त घिसिङ सम्मानित भएका छन्l यो सम्मान उनलाई समारोहका मुख्य अतिथि सिलगढी नगरपालिकाका मेयर गौतम देवको बाहुलीबाट जनाइयोl सिलगढी जिमखाना क्लबको माध्यमबाट रोशनकान्त घिसिङले ७० भन्दा बढी बालबालिकालाई टेनिस खेलको गुणस्तरीय प्रशिक्षण दिइरहेका छन्। उनी गत वर्ष कोलकातामा भएको प्रतिष्ठित आईटीएफ वर्ल्ड सिनियर च्याम्पियनसिपसँगै धेरै प्रतियोगितामा पनि विजयी भएका थिए।  

रोशनकान्त घिसिङसँगै उनका तीन जना विद्यार्थी १३ वर्षीय प्रियदर्शन प्रधान, १३ वर्षीय नवांश गोयलर नौ वर्षीया इभाना अरोराजस्ता राज्य साथै राष्ट्रिय स्तरमा उत्तर बंगाललाई प्रतिनिधित्व गर्ने खेलाडीहरू पनि सम्मानित भए। इभाना यसै महिना १४ जनवरीदेखि दुबई, युएईमा हुने १० र ११ वर्षमुनिको वर्गको टेनिस प्रतियोगितामा सहभागी हुन लागेकी छिन्,  यो एउटा ठूलो प्रतियोगिता हो जसमा विभिन्न देशका खेलाडीहरूले भाग लिनेछन्। यो सिलगढी जिमखाना क्लबका साथै समग्र उत्तर बंगालका लागि लागि गर्वको विषय मानिएको छ। चार वर्षको अवधिमा यस क्लबबाट धेरै राम्रा खेलाडीहरूको उदय भइसकेको छ। आजको समारोहमा एडीजी तथा आईजी उत्तर बंगाल अजय कुमार, डीआईजी दार्जीलिङ साथै कालेबुङ रेन्ज डा. सन्तोष निम्बालकर, डीआईजी अवदेश पाठक, एसीपी अविशेक गुप्ता, एसीपी राजेन छेत्री (अपराध शाखा), एडीसीपी पूर्णिमा शेर्पा साथै अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement