एसएसबीद्वारा निःशुल्क कम्प्यूटर प्रशिक्षण शिविरको उद्घाटन

13780c23-9d61-4928-a130-8e5cdd6e8ae4

कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजनामा शनिबार जयगाउँ एक नम्बर ग्राम पञ्चायत अन्तर्गत पर्ने खोक्ला गोबरज्योति खेल मैदानमा ३० जना गाउँले बेरोजगार युवाहरूको निमित्त ३० दिनव्यापी निःशुल्क कम्प्यूटर प्रशिक्षण शिविरको उद्घाटन सम्पन्न भएको जानकारी एसएसबी ५३ वाहिनी सुत्रले दिएका छन्। यस अवसरमा एसएसपी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट विजय सिंहको प्रमुख उपस्थिति रहेको थियो भने अन्यान्य विशिष्ट अतिथिहरूमा एसएसबी पशु चिकित्सक कमान्डेन्ट देवाशीष त्रिपाठी, चिकित्सक उपकमान्डेन्ट अरविन्द करदे, एसएसबी खोक्ला प्रभारी सन्दिप कुमार सिंह, जयगाउँ एक नम्बर ग्राम पञ्चायतका प्रधान कमल पाख्रिन, स्थानीय पञ्चायत सदस्य पवनबीर मोक्तान, छिरिङ लामा, गीता प्रधान, समुकतला वेलफेयर सोसाइटीका सदस्य सुष्मिता साहा एवम् एसएसबी जवानहरूको उपस्थिति रहेको थियो।
नागरिक कल्याण कार्यक्रम अन्तर्गत सम्पन्न सो शिविरमा नै निःशुल्क मानव औ पशु चिकित्सा शिविर पनि सम्पन्न भएको थियो भने सो शिविरमा १०९ जना मानिसहरूले चिकित्साको लाभ पाएको र घर पालुवा पशुहरु जम्मा ४२७ वटाको चिकित्सा गरिएको एसए‌सबी सुत्रले जनाएका छन्। कार्यक्रममा नशामुक्ति विषयमा जागरूकता साथै अन्नमा कोदोको प्रयोग गरिनु पर्ने बारेमा गाउँलेहरूलाई सचेतना पनि गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement