ई-स्पोर्ट्सबारे विन्टर क्याम्प आयोजन गरिने

n5719234201704549782659947ee5d9de6734800aaa33aba1c69fa310ab0a1a49704483f1e23f84ccc3e521.jpg

गान्तोक: ई-स्पोर्ट्स अर्गनाइजेशन अफ् सिक्किम (ईएसओएस) ले ई-स्पोर्ट्स खेल्नेहरूका लागि विन्टर क्याम्प आयोजन गर्ने भएको छ। ई-स्पोर्टस करियर निर्माणको एउटा राम्रो अवसर भएर पनि यसमा रुची राख्नेहरूमध्ये धेरैमा खेलबार उचित जानकारी नएका कारण विन्टर क्याम्पको माध्यमबाट खेलबारे कौशल विकास गराउने अर्गनाइजेशनले जानकारी दिएको छ।

विन्टर क्याम्प आगामी २८ जनवरी देखि ४ फरवरीसम्म गान्तोकमा आयजना गर्ने बताइएको छ। ईएसओएस २०२२ देखि यस खेलबारे जागरूकता प्रदान गर्नसँगै प्रतियोगिता पनि आयोजन गर्दै आएको छ। विभिन्न स्तरमा प्रतियोगिता आयोजन गर्दा सिक्किमा युवाहरूमा ई-स्पोर्ट्स बारे चासो रहेको पाइए पनि यसको उचित ज्ञान र विभिन्न तकनिकी पक्ष सँगै ठूला प्रतियोगितामा भाग लिनसक्ने क्षमता नभएको पाइएकाले प्रशिक्षणका लागि आठ दिने क्याम्प आयोजन गर्ने भएको बताएको छ।

यस क्याम्प अवधि सहभागीहरूलाई खेल विषय आधारभूत जानकारी, ई-स्पोर्ट्सबाट करियर विकासको अवसर, यसमा सहयोगी विभिन्न एप, एपको प्रयोग साथै यस खेलबाट हुने मानसिक स्वास्थ्यको प्रतिकुल असर र असरबाट निस्किने शक्ति विकासबारे जानकारी प्रदान गरिने आयोजकले बताएको छ। विन्टर क्याम्पका लागि १३ देखि ३० वर्षका युवाहरूले पञ्जीकरण गराउन सक्नेछन् भने प्रशिक्षणका लागि सम्बन्धित क्षेत्रका विशेषज्ञ निम्त्याइने बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement