तकदाह-ग्लेनवर्ण समष्टी अन्तर्गत लामाहट्टा बस्ती अनि सिंग्रिम्ताम बस्तीमा पोलि हाउस वितरण

IMG-20240106-WA0180.jpg

खरसाङ: तकदाह- ग्लेनवर्ण समष्टिटी अन्तर्गत लामाहट्टा बस्ती अनि सिंग्रिम्ताम बस्तीका कृषकहरूको निम्ति जीटीएको बागवानी विभागबाट पोली हाउस निर्माणको् सामाग्रीहरू वितरण गरिएको छ। जीटिए विभागीय सभासद तथा एमओडी प्रणम रसाईली, रंगली रंगलीयट खण्ड पञ्चायत समिति सभापति सुरज छेत्री, तकदाह ग्लेनवर्ण समष्टि अध्यक्ष पुलक मोक्तान, उपाध्यक्ष प्रभाकर गुरुङ, समष्टि सचिव सुशोभित गुरुङको उपस्थितिमा जम्मा ४२ जना कृषक लाभार्थीहरुलाई सामाग्रीहरू प्रदान गरियो भने लामाहट्टा ग्राम पञ्चायत समिति सदस्या एवं महिला शिशु कर्म अध्यक्षा सञ्जिता तामाङ योल्मो अनि पञ्चायत सदस्य सारिका राई, सिंग्रीम्ताम ग्राम पञ्चायत समिति एवं विद्युत अनि भूमि कर्माध्यक्षा सुरेखा चामलिङ, पञ्चायत सदस्य धिरज राई, भागोप्रमो खरसाङ महकूमा सदस्यद्वय जीवन थुलुङ अनि रमेश गुरुङ समष्टि सांगठनिक सचिव अजित राई ,भू.पू सैनिक गणेश राई अनि लामाहट्टा ब्लक समिति अध्यक्ष आदिको पनि सामग्री वितरण कार्यक्रममा उपस्थित रहेका थिए। पोली हाउस सामाग्री पाएकोमा कृषकहरुले खुशी ब्यक्त गरेका छन् भने पोली हाउसभित्र विभिन्न वर बिजन तथा साग पात उब्जनी गरी बिक्री वितरण गर्न सकिने कृषकहरुको भनाई रहेको छ।

उक्त पोली हाउस निर्माणको सामाग्री प्रदान गर्न ईच्छा शक्तिको साथ पहल गरिदिएकोमा जीटीए अध्यक्ष अनित थापा लगायत प्रणम रसाइली खण्ड समिति सभापति सुरज छेत्री तथा सम्पूर्ण सहयोगीप्रति क्षेत्रवासीको पक्षबाट आभार प्रकट गरिएकोलछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement