अलिपुरद्वारः बक्सा टाइगर प्रोजेक्टको स्थापना दिवसको अवसरमा आजबाट बर्ड फेस्टिभल शुरू भएको छ । यो सातौं पाबर्ड महोत्सव हो । यो पंक्षी महोत्सव तीन दिनसम्म चल्ने छ । यसको औपचारिक उद्घाटन राज्यसभा सांसद प्रकाशचिक बडाइकले गरेका थिए ।
सो अवसरमा बक्सा टाइगर प्रोजेक्टका फिल्ड अफिसर अपूर्व सेन र अन्य अधिकारीहरू उपस्थित थिए। यस पंक्षी महोत्सवमा राज्यका विभिन्न स्थानबाट २२ चरा प्रेमी सहभागी छन् । यहाँ धेरै प्रजातिका चराहरू छन्। यसपटक चराको संख्या बढ्ने बक्सा टाइगर आयोजनाका अधिकारीहरूको आशा छ ।










