कोचबिहारः शितलकुची विधानसभा क्षेत्रका विधायक बरेन चन्द्र बर्मन आफ्नो निर्वाचन क्षेत्र भाजपाका जिल्ला उपाध्यक्षको घर गएका थिए। स्थानीयवासीले बरेनचन्द्र बर्मनलाई घेरा हालेर सय दिनको काम र आवास योजनाको पैसाको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । विधायक बरेनचन्द्र बर्मन पार्टीको कामका लागि सावित्री बर्मनको घर गएको बताइएको छ । विधायक सावित्री बर्मनको घरमा प्रवेश गरेपछि बैरागिरहाट ग्राम पञ्चायतको अशोकबारी क्षेत्रका बासिन्दाले सावित्री बर्मनको घर अगाडि विरोध प्रदर्शन गर्न थाले । विधायक बरेनचन्द्र बर्मन बाहिर आएपछि घेराओ गरेर विरोध गरेका थिए । उनले पुलिसलाई खबर गरेपछि माथाभाङ्गा पुलिस थानाको पुलिस घटनास्थल पुगेपछि आन्दोलनकारी त्यहाँबाट हटेका थिए । विधायक बरेन चन्द्र बर्मनले घटनालाई तृणमूल कांग्रेसका कार्यकर्ताहरूले क्षेत्रमा अराजकता सिर्जना गर्न योजना बनाएको आरोप लगाए।