राज्यपाललाई मुख्यमन्त्रीले दिए नयॉं वर्षको शुभकामना

n571904968170454680483683a8673fe7d027580c414a8cbb98641e859d6a92c97789ca8b2eef2745bfdb1d.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई नयॉं वर्षको शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आज राजभवनमा राज्यपालसॅंग भेट गरेर नयॉं वर्षको शुभकामना दिएका हुन्। उक्त जानकारी राजभवनले प्रेस विज्ञप्तिमा दिएको छ।

राज्यपालले पनि मुख्यमन्त्रीलाई नयॉं वर्षको शुभकामना दिए। उनले राज्यको विकासमा अझ धेरै उर्जाका साथ काम गर्न मुख्यमन्त्रीलाई शुभकामना व्यक्त गरे।

About Author

Advertisement