स्वर्गीय बिर्ख बहादुर बस्नेतलाई मुख्यमन्त्रीले अर्पित गरे श्रद्धाञ्जलि

n5719049721704546653976147393979b35cb51a7f6485ede950161322d4a84ba8cde943daecafb16c6f61a.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज उनका प्रेस सचिव बिकास बस्नेतका स्वर्गीय पिता बिर्ख बहादुर बस्नेतलाई याङगाङमा श्रद्धाञ्जलि अर्पित गरे। बिर्ख बहादुर बस्नेतको हिजो निधन भएको थियो।

मुख्यमन्त्रीले आज आफ्नो आधिकारिक फेसबुक पेजमा याङगाङ पुगेर स्वर्गीय बिर्ख बहादुर बस्नेतलाई श्रद्धाञ्जलि अर्पित गरेको बताएका छन्। उनले शोक सन्तप्त परिवार र इष्टमित्रहरूमा गहिरो समवेदना व्यक्त गरेको बताएका छन्।

मुख्यमन्त्रीले यस क्षतिबाट प्रभावित सबैका लागि सान्तवना र शक्ति तथा दिवंगत आत्माको चिरशान्तिको निम्ति प्रार्थना गरेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement