खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्ट अाज भएको खेलमा मित्र संघ गोलाई तीनधारेले घैयाबारी ईलेभेनलाई पराजित गरी सेमी फाइनलमा प्रवेस गरेको छ। आज मित्र संघ गोलाई र घैयाबारी ईलेभेनमाझ भएको चौथो क्वाटर फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा ८८ रन बनाएको थियो। घैयाबारीको पक्षमा सचिनले २२ अनि नरेन्द्रले २१ रनको योगदान दिएका थिए। ८९ रनको लक्ष्यलाई खेदो गर्दै मित्र संघले चौधौ ओभरमा लक्ष्य हाँसिल गरेका थिए। मित्र संघको पक्षमा सितम प्रधानले २१ रन, उत्तम प्रधान र शुभम प्रधानले ८-८ रनको योगदान दिएका थिए।

यस खेलमा बलिङमा ३ विकेट र ब्याटिङमा ६ रन बनाउने मित्र संघको बिग्नेश्वर प्रधानलाई न्यान अफ् द म्याच चयन भएको छ। आजको चौथो क्वाटर फाईनल विषयमा आयोजक ब्रदरवुड तीनधारेको तर्फबाट शुभम प्रधानले विस्तृत रूपमा बताएका छन्।