जलपाइगढीः ‘चोर धरो जेल भरो’ नाराका साथ भाजपाले आज जलपाइगढीमा विरोध मार्च निकालेको छ। प्रदेश अध्यक्ष सुकान्त मजुमदारको उपस्थितिमा आज यो र्याली जलपाइगढी शहरबाट सुरु भएको हो। र्यालीमा सांसद र विधायक सहित भाजपाका धेरै नेता र कार्यकर्ताहरू उपस्थित थिए।
यस र्यालीमा बीजेपी नेताहरूले तृणमूल सरकारमाथि कडा प्रहार गरे। विभिन्न आयोजनाका लागि केन्द्रबाट पैसा नआएको प्रदेश सरकारले भन्छ तर केन्द्र सरकारले दिएको रकम प्रदेशका आम जनताले नपाएको वास्तविकता रहेको उनले बताए । तृणमूलका शीर्ष नेताहरू भ्रष्टाचारमा डुबेका छन् । ती मध्ये धेरै गाई चोरी र कोइला चोरीसँग जोडिएको छ। केही नेताले युवाको रोजगारी लुटिरहेका छन् । त्यसैले धेरै नेता जेलमा छन् र धेरै जेल जानेछन् । यो मार्च जलपाइगढीको सडकमा आयोजित गरिएको थियो। शहरको नेताजी मोर्डन क्लब मैदानबाट शुरू भएको ऱ्याली जिल्ला पार्टी कार्यालयमा समापन भएको थियो।