सिलगढीः उत्तर बङ्गाल विश्वविद्यालयको आमसञ्चार विभागका विद्यार्थीहरूले महिलालाई महिनावारीको समयमा सरसफाईको आवश्यकता सम्बन्धी जानकारी दिने कार्यक्रमको आयोजना गरेको थियो । यो सचेतना कार्यक्रम सिलगढी लायन्स क्लबको सहयोगमा सूर्य नगर समाज कल्याण कम्प्लेक्स, हटियाडांगा, सिलगढीमा आयोजना गरिएको थियो।
कार्यक्रममा करिब एक सय महिलालाई सेनेटरी नेपकिन हस्तान्तरण गर्नुका साथै महिनावारीको समयमा सरसफाईको आवश्यकता बारे सचेतना गराइएको थियो । उनीहरूलाई उनीहरूले महिनावारीको समयमा गर्नुपर्ने सरसफाई अभ्यासहरूबारे बताईएको थियो ।