केन्द्रिय वित्त एवं कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमण तीन दिवसीय सिक्किम भ्रमणमा

n5718673941704541509722f599589738636efa6923ff8a4a8773743607e9e468b4c2b0cdbe15ed189198d4.jpg

गान्तोक: केन्द्रिय वित्त एवं कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमण तीन दिवसीय आधिकारिक भ्रमणमा आज सिक्किम आइपुगेकी छन्। रम्फूमा केन्द्रिय मन्त्रीलाई गान्तोकका विधायक वाईटी लेप्चा, पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेल, स्टेट प्रोटोकल अफिसर पी. पल्जर, रम्फूकी एसडीएम सुजाता सुब्बा, एसडीपीओ महेन्द्र सुब्बा तथा पर्यटन विभाग र एसबीआईका अधिकारीहरूले स्वागत जनाए।

केन्द्रिय मन्त्री सीतारमण तीन दिवसीय सिक्किम भ्रमणमा आएकी हुन्। राजधानीमा आज आयोजित हुने क्रेडिट आउटरिच प्रोग्राममा उनी सहभागी बन्नेछन्। उक्त कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ पनि सहभागी बन्नेछन्। यसैगरी, उनको भारत-चीन सीमा गाउॅं कुपुप भ्रमणको पनि कार्यक्रम रहेको छ। यस अतिरिक्त, सीतारमण नाबार्डको आउटरिच कार्यक्रममा पनि सहभागी बन्नेछन्।

यस अघि आज बिहान केन्द्रिय मन्त्री सीतारमणलाई बागडोगरामा सिक्किम सरकारका अधिकारीहरूले स्वागत जनाएका थिए। उनी राष्ट्रिय राजमार्ग १० भएर सिक्किम आइपुगेकी हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement