गान्तोक: केन्द्रिय वित्त एवं कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमण तीन दिवसीय भ्रमणमा आज सिक्किम आइपुगेकी छन्। मुख्यमन्त्री प्रेमसिंह तामाङले केन्द्रिय मन्त्रीलाई राजधनीस्थित राजभवनमा स्वागत जनाए।
यस अवसरमा राज्यका मुख्य सचिव बीवी पाठक लगायत सिक्किम सरकारका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।
उल्लेखनीय छ, केन्द्रिय वित्त एवं कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमणले आफ्नो भ्रमण अवधि राजधानीमा क्रेडिट आउटरिच कार्यक्रममा भाग लिनेछन्। साथै भारत-चीन सीमा क्षेत्रस्थित गाउॅं कुपुपको भ्रमण गर्नेछन्। उनी आठ जनवरीका दिन सिक्किमबाट फर्किने छन्।









