राष्ट्रपति मुर्मूले गर्नेछन् ५औं मेघालय गेम्सको उद्घाटन

45-1-750x422-1.jpg

शिलङ्ग: मेघालयको पश्चिम गारो हिल्स जिल्ला अन्तर्गत तुरामा आगामी १५ देखि २० जनवरीसम्म आयोजना भइरहेको ५औं मेघालय गेम्सको उद्घाटन राष्ट्रपति द्रौपदी मुर्मूले गर्नेछन्। उक्त खेल समारोह पहिलो पटक तुरामा आयोजना भइरहेको छ।

मेघालयका मुख्यमन्त्री कोनराड के. सङ्गमाले शनिवार राष्ट्रपतिको कार्यक्रमको जानकारी सोशल मीडिया मार्फत दिए। उनले भने, राष्ट्रपतिको उपस्थितिले राज्यका युवाहरूलाई प्रोत्साहन गर्नेछ।

उल्लेखनीय छ, यस खेल समारोहमा तीन हजार खेलाड़ीहरूले २२ प्रकारका खेलहरूमा प्रतिस्पर्धा गर्नेछन्। यसमा पहिलो पटक खासी, जयन्तिया औ गारो जनजातिका पारम्परिक खेलहरूलाई पनि सामेल गरिएको छ। राज्य सरकारले यी खेलहरूको लागि २३ करोड़ रुपियाँभन्दा अधिक आवन्टन गरेको छ। समारोहको आयोजनालाई लिएर प्रायः सबै आवश्यक तयारी पूरा भइसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement