विमान दुर्घटनामा हलीवुड एक्टर क्रिश्चियन ओलिभर र उनका दुई छोरीको मृत्यु

Christian_Oliver_1704513334650_1704513334968.jpg

मुम्बई: जर्मनीमा जन्मेका प्रख्यात हलीवुड अभिनेता क्रिश्चियन ओलिभर र उनका दुईजना छोरीहरूको एक विमान दुर्घटनामा मृत्यु भएको छ। उनी यात्रा गरिरहेको सानो विमान उड़ेको केही क्षणमै क्यारिबियन सागरमा दुर्घटनाग्रस्त भएको थियो।

मीडिया रिपोर्ट अनुसार, ””द गुड जर्मन”” औ ””स्पीड रेसर”” फिल्ममा देखिएको क्रिश्चियन ओलिभरको गत बिहीवार उनका दुईजना छोरीहरूसितै एक निजी विमान दुर्घटनामा मृत्यु भयो रोयल सेन्ट विन्सेन्ट औ ग्रेनेडाइन्स पुलिस बलद्वारा जारी बयानमा भनिएको छ, मृतकहरूको पहिचान ५१ वर्षीय ओलिभर, उनका छोरीहरू क्रमैले मदिता (१०) र एनिक (१२) औ पायलट रबर्ट स्याक्सको रूपमा गरिएको छ।

दुर्घटना भएको तत्कालै मछुआरा र तट रक्षकहरू घटनास्थलमा पुगेर सबै चारवटा शवलाई उद्धार गरे। विमान गए बिहीवार आधा रातपछि ग्रेनेडाइन्सको एउटा सानो द्वीप बेक्वियादेखि सेन्ट लूसिया तर्फ गइरहेको थियो। बताइएको छ, ओलिभर आफ्ना छोरीहरूसित नयाँ वर्षको छुट्टी मनाउन यहाँ आएका थिए।

क्रिश्चियन ओलिभरले अहिलेसम्ममा ६० भन्दा अधिक फिल्म औ टीभी सीरीजमा काम गरिसकेका छन्। उनको निधनको समाचार प्रकाशमा आएपछि फ्यान्स शोकमा परेका छन्। प्रशंसकहरूले ओलिभर र उनका छोरीहरूलाई श्रद्धाञ्जलि दिरहेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *