वीरपाडा: दलमोर बाँसबारी लाइन, शिव मन्दिर परिसरमा संघिनी उपसंघ स्वनिर्भर गोष्ठीको प्रतिनिधित्वमा गाउँका सम्पूर्ण महानुभावहरूलाई लिएर आगामी २० अगस्त २०२२ मा सम्पन्न हुन गइरहेको भाषा मान्यता दिवस कार्यक्रमलाई लिएर एक जरूरी सभा समाजसेवी विष्णु बस्नेतको अध्यक्षातामा बसियो| उक्त सभामा गाउँका शुभचिन्तक, भाषा प्रेमीहरूको बाक्लो उपस्थितिलाई सम्बोधन गर्ने क्रममा समाजसेवी निर्मल थिङ, गगन थापा, दिनेश दर्जी, विशाल मोक्तान आदिले भाषा मान्यता दिवस भव्य रुपमा विभिन्न सांस्कृतिक कार्यक्रमको साथ मनाउन पर्ने विषय माथि आ-आफ्नो विचार राखे र सोही कार्यक्रमको अभिभारा संघिनी उपसंघले वहन गर्दै आयोजक समिति पनि तयार गरियो|
जसमा सभापति अर्विना योञ्जन, उपसभापति गिता शर्मा, मनीषा मगर, सचिव तुलमा राणा छेत्री, सहसचिव मञ्जुर स्याङजा, अनिता मोक्तान र कोषाध्यक्ष शिला तामाङ मगर तथा सदस्यहरूमा उर्मिला थापा, किरण प्रधान, विकी थापा, सञ्जु सार्की, अभिषेक बस्नेत, अभिषेक थापा, निखिल थापा, श्रवण शर्मा, निला दर्जी, अस्मिता, राधिका आदिलाई चयन गरियो|








