अस्पताल परिसरमा मैला नफ्याँकिदिने डा. अरुप घोषालकाे अपिल

aru.jpg

मङ्पू: मङपू अस्पतालको परिसरमा सर-सफाई राख्ने तपाई हामी सबैको कर्तव्य हो। मङपू सिन्कोना बगान अस्पताललाई दिन-रात गरेर स्थानीय अस्पताल कर्मचारीहरुले साफ-सफाई गरिरहेका छन्। हिज मात्र सफाई गरेको अस्पतालको मुल सडक परिसरमा गत राति फेरि केही असामाजिक तत्वहरुले दुई तीन बोरा मैला ल्याएर फ्याँकी दिएको छ। मङपू सरकारी अस्पताल सम्पूर्ण मङपूवासीको सम्पत्ति रहेकोले कसैले पनि मङपू अस्पताल परिसर मैला नफ्याँकीदिने अस्पतालका डा. अरुप घोषालले सबैसित अपिल गरेका छन्। अबउसो अस्पताल परिसरमा कुनै पनि व्यक्तिले मैला फ्याँकेको थाहा पाए पुलिस प्रशासनले कानुनी कार्वाही गर्ने तिनले चेतावनी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement