राशन वितरण घोटालाको आरोपमा ईडीद्वारा तृणमूल नेता शंकर आद्य राति पक्राउ

Shankar-Adhya.jpeg

कोलकाता: ईडीले पश्चिम बंगालको प्रसिद्ध राशन वितरण घोटालाको आरोपमा टीएमसीका पूर्व वनगाउँ नगरपालिका अध्यक्ष शंकर आद्यलाई पक्राउ गरेको छ। ईडीको टोलीले हिजो आद्याको ससुराली घरमा छापा मारेको थियो। ईडी अधिकारीहरूले शुक्रबार उत्तर २४ परगना जिल्लामा दुई तृणमूल नेताहरूको घरमा छापा मारेका थिए। वनगाउँ नगरपालिकाका पूर्वअध्यक्ष शंकर आद्यको ससुराली घरमा केन्द्रीय जाँच एजेन्सीको टोली पुगेको थियो। अर्को टोली सन्देशखालीस्थित शाहजहान शेखको घर पुगेको थियो। ईडीले शुक्रबार बिहान करिब ७:३० बजे बानगाउँको शिमुलतलास्थित शंकर आद्यको ससुराली घरमा खोजी शुरु गरेको थियो, र १७ घण्टापछि त्यहाँबाट निस्किएको थियो। त्यसपछि राति साढे १२ बजे आद्य पक्राउ परे। उनी सन् २००५ मा वनगाउँ नगरपालिकाको पार्षद बने र पछि अध्यक्ष बने। शंकरकी श्रीमती बनगाउँ नगरपालिकाकी अध्यक्ष पनि भइसकेकी छिन्। यद्यपी शंकर आध्याकी श्रीमती ज्योत्स्ना आध्याले अनुसन्धानमा सहयोग गरे पनि उनका श्रीमानलाई ईडीले पक्राउ गरेको बताइन्। उनले गहिरो षड्यन्त्र भएको आरोप लगाइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement