कोभिड़ भारत: कोरोनाकाे ७५६ नयाँ मामिला, ५ जनाकाे मृत्यु

1000421630.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ७५६ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,५०,१८,१३४ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले जम्मू कश्मीरमा १, केरलामा २ र महाराष्ट्रमा २ जनागरी कुल ५ जनाकाे मृत्यु भएकाे छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३३,३९२ पुगेको छ। यसरी नै यस अवधिमा ८८९ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,८०,६९३ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या बढेर ४,०४९ पुगेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १४,७९० जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,५८,७९,४९५ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टभमा २५५ जनाले कोरोना खोप लगाउनको साथ कुल २,२०,६७,८१,६०० जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement