सनसाइन स्कूलका निखिल कुमार प्रसाद आईएससी परीक्षामा अल इण्डिया र्‍याङकिङमा एक

वीरपाडा: वीरपाडाका प्रतिष्ठित शैक्षिक संस्था सनसाइन स्कूलका छात्र निखिलकुमार प्रसादले  सीआईएससीईद्वारा आयोजित आईएससी अनि कक्षा बाह्रौंको परीक्षामा ४०० अङ्कमा ३९९ अङ्क ९९.७५ प्रतिशत ल्याउन सफल बनेका छन्| उनी यस परीक्षामा सम्पूर्ण देशका अल इण्डिया र्‍याङकिङमा उत्कृष्ट १८ विद्यार्थीहरूमध्ये एक हुन्| अल इण्डिया र्‍याङकिङमा एक हुन्|  अलिपुरद्वार जिल्लाअन्तर्गत वीरपाडा  देवीगढ निवासी निखिलकुमार प्रसाद सफलतामा खुशी व्यक्त गर्दै अब केमिकल इन्जिनियरिङको पढाई बारे रुचि देखाएको छ| भगवानप्रतिको आस्था, बुवा विवेकानन्द प्रसाद र माता प्रमिला देवी प्रसादको प्रेरणाले केमिकल इन्जिनियर बनेर देशको लागि केही राम्रो गर्न चाहन्छु|

भगवानप्रति आस्था र विश्वासको कारणले पनि मैले अध्ययनमा एकाग्रता आउन सक्यो भनी निखिल प्रसाद बताउँछन्| निखिलकुमार प्रसादका स्कूलकी प्रिन्सिपल नीता छेत्रीले खुशी व्यक्त गर्दै भनिन्, आइतबार दिउँसो उनले वेबसाइट खोलेर विद्यार्थीको रिजल्ट तुलना गरिरहेका थिए|  जब मैले निखिलले ३९९ अङ्क पाएको देखेँ| जब मैले निखिल पहिलो स्थानमा रहेको देखे, मलाई पहिले त विश्वास लागेन| विद्यालयका सबै ८८ विद्यार्थीहरू परीक्षामा उत्तीर्ण भएका छन्| निखिलले भने, मैले सक्दो प्रयास गरें| तर म पहिलो स्थानमा हुनेछु भनेर सोचेको थिइनँ|  सबै श्रेय विद्यालयका गुरुबा-गुरुआमा तथा सनसाइन परिवारलाई दिन चाहन्छु| उहॉंहरूले नियमित अनलाइन कक्षा सञ्चालन गर्नुका साथै व्यक्तिगत रुपमा सम्पर्क स्थापित गरि मलाई मार्गदर्शन गराइदिनु भएको छ|  यो ऋण म कहिल्यै चुकाउन सक्दिनँ|  कोरोनाको समयमा लामो समय विद्यालय बन्द रह्यो तथापि अनलाइन कक्षाहरू लिएर अधिकांश पढाइ भए तापनि अफलाईन पढाइ गर्ने सुयोग कमै पाइयो| स्वअध्ययन पनि निरन्तर रह्यो| विद्यालयको पढाइ बाहेक निखिलले दुईजना निजी ट्युटरबाट क्लास गर्दथे| उनले अङ्ग्रेजीमा ९९ अनि गणित, रसायन र भौतिकशास्त्रमा १०० मध्ये १०० अङ्क प्राप्त गरेर सर्वोच्च रिकार्ड राखेर निखिलकुमार प्रसादले इतिहास रचेका छन्|  निखिलको घरमा खुशीको लहर छाएको छ|  निखिलका बाबा विवेकानन्द एक परिवहन कम्पनीमा काम गर्छन्|  यसबाहेक, उनको आफ्नै एउटा लरी पनि छ| छोराको सफलताले खुसी हुँदै छिमेकीलाई मिठाई खुवाउँदै उनले ‘छोराको सपना पूरा गर्न सक्दो प्रयास गर्नेछु’ भने| छिमेकी बासक दे सरकारले भने, ‘निखिल सधैं पढाइमा केन्द्रित थिए| उनको सपना सफल होस् भन्ने कामना गर्दछु|  निखिलले १०औं परीक्षामा पनि ९९ प्रतिशत अङ्क ल्याएका थिए|  उनको घरको आलमारी विभिन्न पदक, प्रमाणपत्र र स्मृति चिन्हले भरिएको छ|  पढाइसँगै फोटोग्राफी पनि एउटा शौक मान्छन् उनी| अलिपुरद्वार जिल्ला विद्यालय निरीक्षक आशानुल करीमले निखिल कुमार प्रसादलाई बधाई दिएका छन्|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement