विदेशमन्त्री जयशंकरले गरे पशुपतिमा पूजा र वृक्षरोपण

20240105094510

काठमाडौं: दुई दिने औपचारिक नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा.एस जयशंकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। बिहीबार काठमाडौं  आईपुगेकै दिन उच्चस्तरीय भेटवार्ता गरेका जयशंकरले शुक्रबार बिहान पशुपतिनाथ मन्दिरको दर्शनसँगै रुद्राक्षको वृक्षारोपणसमेत गरेका छन्। शुक्रबार नै नेपाल-भारतबीच विभिन्न सहमतिमा हस्ताक्षर गरिएको छ। नेपालका मन्त्रीहरु तथा भारतका विदेशमन्त्री जयशंकरको उपस्थितिमा दीर्घकालीन विद्युत व्यापार सम्झौता, उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजनाको कार्यान्वयन, नवीकरणीय ऊर्जा विकासमा सहयोग गर्ने सहमतिमा हस्ताक्षर भएका छन्। त्यस्तै, स्याटेलाइट सम्बन्धी सम्झौता, जाजरकोट भूकम्पमा पाँचौं किस्ताको सहयोग हस्तान्तरण गर्ने सहमतिसमेत भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement