मिरिक: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभाका स्वास्थ्य अनि जनकल्याण एंव अल्पसंख्यक विभागका कार्यकारी सभासद अरूण सिग्चीले सोमबार मिरिक खण्ड प्राथमिक स्वास्थ केन्द्रको स्थलगत भ्रमण गरि वस्तुस्थिति बुझे। यस अवसरमा सिग्चीले मिरिक खण्ड प्राथमिक स्वास्थ केन्द्रको विभिन्न वार्डहरूको निरीक्षण गरे भने केन्द्रमा रहेका रोगीहरूसित भलाकुसारी गरे। सिग्ची मिरिक खण्ड प्राथमिक स्वास्थ केन्द्रमा पुग्न साथ केन्द्रका बीएमओएच डाक्टर टाँशी लामा ,डाकटरहरू, नर्सहरू अनि कर्मचारीहरूले खदा लगाएर स्वागत जनाए।
यस अवसरमा सिग्चीले केन्द्रका बीएमओएच डाक्टर टाँशी लामालगायत कर्मचारीहरूसित सभा गरे। सभामा बीएमओएच डाक्टर टाँशी लामा अनि सिनियर नर्सहरूले केन्द्रले झेल्न परेका विविध समस्याहरू सिग्चीलाई सुनाँउदै कर्मचारीको अभाव, सुरक्षा गार्डको समस्यालगायत अन्य समस्याहरूको समधानमा पहल गरिदिने अनुरोध गरे। मिरिक खण्ड प्राथमिक स्वास्थ केन्द्रको भ्रमणपछि पत्रकारहरूसित कुरो गर्दै सिग्चीले भने, ‘मेरो आफ्नो ठाँउबाट मैले भ्रमण शुरू गरेको छु भन्दै सबै स्वास्थ्य केन्द्रहरूको भ्रमणपछि एउटा रिभ्यु सभा गरेर समस्या समधानको पहल गरिनेछl’ रिक खण्ड प्राथमिक स्वास्थ केन्द्रलाई बढोत्तरी गरेर महकुमा अस्पताल बनाउने, केन्द्रमा रहेको चिकित्सक, कर्मचारी, नर्स एम्बुलेन्स, एक्सरे मशिन अनि गार्डको समस्या जीटीए मार्फत समधान गर्न सक्रिय पहल गर्ने उनले बताए। उनले भने, ‘मेरोमा कुनै जादुको लठ्ठी छैन, जुन एकै साथ गर्नसक्ने। समस्याहरूको समधान गर्न केही समय अवश्य लाग्नेछl जीटीए प्रमुख कार्यापाल अनित थापा स्वास्थ सम्बन्धि सधैँ गम्भीर रहने व्यक्ति हुन। उनले कोरोना संक्रमणकमलमा जुन व्यावहारिक कार्य गरे त्यो सबै अघि छर्लङ्ग छ। उनी परिवर्तन ल्याँउने मानिस हुन। उनको नेतृत्वमा आवश्य नै जीटीए क्षेत्रको स्वास्थ सेवामा सुधार अनि परिवर्तन आउनेछl’ ‘म एउटा पूल भएर काम गर्नेछुl स्वास्थको क्षेत्रमा कुनै लापरबाही हुन नदिने मेरो दायित्व रहनेछ। अस्पतालमा २४ घण्टा रोगीहरूले स्वास्थ सेवा पाएको हुनपर्छ। अस्पतालभित्र राजनीति हुनु हुँदैन। संगठन गर्नुपर्छ तर रङ्ग दिनु हुँदैन। सेवा नै धर्म हो भन्ने भावनाले सबैले काम गरे असल हुनेछ,’ उनले भने। उनले अझ भने, ‘अस्पतालहरूमा खण्ड अस्पतालहरूमा पनि बाय मेट्रिक हुन आवश्यक छl यस विषयमा पनि जीटीए सभामा कुरो गर्नेछुl अस्पतालमा रोगीहरूले पाउने बुनियादी सुविधाहरू बड्नु पर्छ घट्नु हुँदैन। अस्पतालको वेभसाइट खोलेर सम्पूर्ण जानकारी दिने प्रयास गरिनेछ भन्दै रोगीहरूले सठीक समयमा सही चिकत्सा सेवा पाउन सकोस भन्ने उदेश्यले नै कार्य गर्नेछु। जसमा सबैको सहयोग र सहभागिताको खाँचो मलाई पर्नेछl’ मिरिक खण्ड प्राथमिक स्वास्थ केन्द्रमा सफाई अनि यहाँको शौचालयको स्याप्टी ट्याङ्कीमा देखा परेको समस्यालाई पनि समधान गर्ने पहल गरिने उनले बताए। मिरिक खण्ड प्राथमिक स्वास्थ्य केन्द्रका बीएमओएच डा. टाँशी लामाले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभाका स्वास्थ्य अनि जनकल्याण एंव अल्पसंख्यक विभागका कार्यकारी सभासद अरूण सिग्चीले मिरिक खण्ड प्राथमिक स्वास्थ केन्द्रको भ्रमण अवधिमा हामीले समस्या बताएका छौं, जसको समधान हुने कुरोमा हामी धेरै आशावादी रहेका छौं भने। उनले जीटीए प्रमुख कार्यपाल अनित थापा अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभाका स्वास्थ्य अनि जनकल्याण एंव अल्पसंख्यक विभागका कार्यकारी सभासद अरूण सिग्ची स्वास्थ क्षेत्रमा ब्यावहारिक कार्य गर्ने व्यक्तिहरू रहेकोले अब स्वास्थ क्षेत्रमा देखा परेको कतिपय समस्याहरूको समधान हुने कुरोमा हामी ढुक्क छौ भने। उनले अरूण सिग्चीलाई स्वास्थ्य अनि जनकल्याण एंव अल्पसंख्यक विभागका कार्यकारी सभासद चयन भएकोमा मिरिक खण्ड प्राथमिक स्वास्थ केन्द्रको पक्षबाट बधाई दिए।









