केन्द्रीय वित्तमन्त्री सीतारमण सिक्किम आउने

IMG-20240105-WA0245.jpg

गान्तोक: केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमन तीन दिवसीय भ्रमणको निम्ति भोलि सिक्किम आउने भएकी छन्। तीन दिनसम्म सिक्किममा बस्ने क्रममा उनले राजधानीस्थित मनन केन्द्रमा आयोजना गरिने क्रेडिट आउट रिच कार्यक्रममा सहभागिता जनाउने जानकारी प्राप्त भएको छ। यसरी नै उनले सीमावर्ती गाउँ कुपुकमा नाबार्डद्वारा आयोजना गरिने क्रेडिट आउट रिच कार्यक्रममा पनि अंशग्रहण गर्ने भएकी छन् भने आगामी ८ जनवरीको दिन उनी सिक्किमदेखि पूनः दिल्लीको निम्ति प्रस्थान गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement