सिलगढी: प्रधान नगर थाना पुलिस तथा एसओजीले दुईवटा रेस्टुरेन्टमा अभियान चलाएर अधिक मात्रामा विदेशी रम-रक्सी उद्धार गर्नको साथै तीनजनालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा संजोक राई (२९), तेनजिङ भाइचुङ भुटिया (४५) र गोपेन राई (४४) सामेल छन्। प्राप्त जानकारी अनुसार प्रधान नगर थाना अन्तर्गत सालबारीस्थित दुईवटा रेस्टुरेटमा अवैध रूपमा रम-रक्सी बिक्री गरिरहेको खबर पाएपछि गत राति प्रधान नगर थाना पुलिस र एसओजीले उक्त रेस्टुरेन्टहरूमा संयुक्त अभियान चलाएर अधिक मात्रामा विदेशी रम-रक्सी जफत गरेको छ। यसको साथै तीनजनालाई पक्राउ गरेको छ।









