ईडीमाथि हमलाले क्षेत्रमा रोहिंग्या रहेको प्रमाणित: भाजपा

IMG-20230528-WA0320-5-300x172-2

कोचबिहारः उत्तर २४ परगनाको सन्देशखालीमा तृणमूल नेताको घरमा छापामारी गर्न गएको प्रवर्तन निदेशालय (ईडी) को टीममाथि भएको हमलालाई लिएर भारतीय जनता पार्टीले तीखो प्रतिक्रिया व्यक्त गरेको छ। पार्टी प्रदेश अध्यक्ष सुकान्त मजूमदारले भने, यस घटनाले क्षेत्रमा रोहिंग्या रहेको प्रमाणित भएको छ। शुक्रवार कोचबिहार पुगेका सुकान्त मजूमदारले पत्रकारहरूसित कुराकानी गर्दै भने, ईडी अधिकारीहरूमाथि हमलाको घटनाले एकपल्ट फेरि त्यस क्षेत्रमा रोहिंग्याहरूको उपस्थिति रहेको स्पष्ट भएको छ।

उल्लेखनीय छ, राशन घोटालाको मामिलामा ईडीको टीम शुक्रवार छापा मार्न उत्तर २४ परगनाको सन्देशखालीमा तृणमूल नेताको घर गएको थियो। तर, ईडीको टीमलाई ग्रामीणहरूले घेरेर उनीहरूमाथि हमला गरे। भीडले ईडी अधिकारीहरूका साथै केन्द्रिय सुरक्षा बलहरूको गाडी पनि तोडफोड गरेका छन्। अर्कोतिर, कोचबिहार पुगेका पार्टी प्रदेश अध्यक्ष सुकान्त मजूमदार मदन मोहन मन्दिरमा पूजा गर्नुका साथै जिल्ला पार्टी कार्यालयमा नेताहरूसॅंग सांगठनिक बैठक गर्नेछन्। भाजपा सूत्रहरू अनुसार, बैठकमा लोकसभा चुनाउको रणनीति तयार गर्न चर्चा गरिने छ। यस अतिरिक्त, उनले दिनहाटामा घाइते भाजपा कार्यकर्ताहरूलाई पनि भेट गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement