कालचिनीः राज्यकी मुख्यमन्त्री तथा अखिल भारतीय तृणमूल कंग्रेसको सुप्रीमो ममता ब्यानर्जीको ६९औँ जन्मदिन परेको अवसरमा बिहीबार तृणमूल समर्थकहरूले आ-आफ्नो क्षेत्रमा पालन गर्ने क्रममा कालचिनी ब्लक तृणमूल कंग्रेस कार्यालयमा पनि तृणमूल समर्थकहरूले दिदीको जन्मदिन पालन गरे।
यस अवसरमा तृणमूल युवा कंग्रेसको कालचिनी ब्लक सभापति पवन योल्मो लगायत तृणमूल ब्लक उपाध्यक्ष ओमदास लोहार, ब्लक महासचिव हैदर अली अन्सारी, ब्लक युवा उपाध्यक्ष रञ्जित प्रधान एवम् अन्यान्य नेतृत्वहरुको उपस्थिति रहेको थियो।
पार्टी सुप्रीमो ममता ब्यानर्जीको तस्वीरलाई अघि राखेर तृणमूल समर्थकहरूले केक काटेर दिदीलाई जन्मदिनको शुूभकामना एकस्वरमा टक्र्याएका थिए।