राशन वितरण भ्रष्टाचार मामिलामा मन्त्री ज्योतिप्रियका नजिकका व्यक्तिको घरमा छापामारी

कोलकाताः पश्चिम बंगालको चर्चित राशन वितरण भ्रष्टाचार मामिलामा पक्रा परेका पूर्व खाद्य मन्त्री ज्योतिप्रिय मलिकका दुई अझ नजिकका नेताहरूको घरमा शुक्रवार बिहान ईडीले छामा मारेको छ। उत्तर २४ परगनाका दुई तृणमूल नेताहरूको घरमा ईडी अधिकारीहरूले छापा मारेका छन्।

ईडीको एक टीम उत्तर २४ परगनाको बनगाउॅं नगरपालिकाका पूर्व चेयरमेन शंकर आद्याको ससुराली पुग्यो। अर्को टीम सन्देशखालीका तृणमूल नेता शाहजहॉं शेखको घर पुग्यो। सूत्रहरू अनुसार, शंकर र शाहजहॉं दुवै पूर्व खाद्य मन्त्री ज्योतिप्रिय मलिक नजिकका नेताहरू मानिन्छन्।

स्थानीय सूत्रहरू अनुसार, इडीले शुक्रवार बिहान लगभग सात बजी बनगाउॅंको शिमुलतलास्थित शंकरको ससुरालीमा छापा माऱ्यो। त्यहॉं सर्च अपरेशन चलिरहेको छ। सूत्रहरू अनुसार, शंकरले ज्योतिप्रियको हात समातेर राजनीतिको मैदानमा ओर्लिएका थिए। २००५ मा उनी बनगाउॅं नगरपालिकाको पहिलो पार्षद बने। पछि उनी बनगाउॅं नगरपालिकाको चेयरमेन बने। शंकरकी पत्नी नगरपालिकाकी अध्यक्ष पनि थिइन्।

अर्कोतिर, केन्द्रिय जॉंच एजेन्सीको टीम बिहान लगभग सात बजी सन्देशखालीको सरबेरियास्थित शाहजहॉंको घर पुग्यो, तर घरमा ताला लागेको थियो। निकै समयसम्म फोन गरेपछि जब कुनै जवाफ आएन, ईडी अधिकारीहरूले घरको ताला तोड्ने प्रयास गरे। त्यहॉं तृणमूल कार्यकर्ताहरू उपस्थित थिए। उनीहरूमाथि केन्द्रिय बलको काममा बाधा दिएको आरोप छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement