चिकित्सकीय जॉँचको प्रक्रिया पूरा, मन्त्री पार्थ च्याटर्जीलाई भुवनेश्वरबाट कोलकता ल्याए

कोलकता: तत्कालीन शिक्षा मन्त्री पार्थ च्याटर्जीलाई अन्ततः चिकित्सकीय जॉँचको प्रक्रिया पूरा भएपछि प्रवर्तन निदेशालय (ईडी) को अधिकारीले भुवनेश्वरबाट कोलकता लिएर आएको छ। मंगलवार बिहान ६.३४ बजी बिमान हवाई अड्डामा अवतरण भयो। त्यहॉंबाट ईडीले पार्थलाई सीजीओ कम्प्लेक्सस्थित केन्द्रिय एजेन्सीको पूर्वी क्षेत्रीय मुख्यालय लिएर गए। यहॉं यस मामिलामा पक्रा परेकी उनकी सहयोगी अर्पिता मुखर्जीलाई सॅंगै राखेर सोधपुछ गरिने छ। ईडी अधिकारीले एक दिन पहिला नै अर्पिता १२ कम्पनीहरूको स्वामी रहेको र पार्थ च्याटर्जी उनको पार्टनर रहेको स्पष्ट गरिसकेको छ। दुवैले उक्त कम्पनीहरूको प्रयोग विशेष रूपमा पैसा हिनामिना र हवालाको माध्यमद्वारा विदेश पठाउन गरे। ईडी अधिकारीहरूले कोर्टमा एसएसकेएम अस्पतालमा भर्तीछॅंदा पार्थले उनीहरूलाई धम्की दिएको बताए।
साथै उनले १२० करोड़ रूपियॉं घोटाला गरेको कुरा स्वीकार गरेको पनि कोर्टमा बताएको थियो। पार्थले यो अस्पताल उसको रहेको र कसैले मेरो केही बिगार्न सक्दैन भन्दै धम्की दिएको ईडीले बताएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले पार्थको पक्राउलाई लिएर आफ्नो अडान स्पष्ट गर्दै भ्रष्टाचारलाई समर्थन नगर्ने कुरा बताइसकेकी छन्। उनले पार्थ यदि दोषी छन् भने उनलाई जन्मकैद भए पनि कुनै फरक नपर्ने बताएकी छन्।
उल्लेखनीय छ, ईडीले पार्थ च्याटर्जी र अर्पिता मुखर्जीको घरमा शुक्रवार छापा मारेको थियो। यहॉं २८ घण्टासम्म तलासी अभियान चलाइएको थियो। अर्पिताको घरबाट २१ करोड़ रूपियॉं, ७९ लाखको गर गहना, विदेशी मुद्रा र मोबाइल फोन पाइएको थियो। पार्थको घरबाट पनि महत्वपूर्ण दस्तावेजहरू पाइएको थियो। यसपछि उनीहरूलाई शनिवार बिहान पक्राउ गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement