एनसीसी क्याडेट मेरिना विश्वकर्मा सम्मानित

IMG-20240105-WA0210

सिलगढी: सिलगढी मुन्शी प्रेमचन्द महाविद्यालयद्वारा शुक्रबार कलेज प्राङ्गणमा आयोजित कलेज फेस्ट कार्यक्रममा सालुगढा तोरीबारी निवासी २१ वर्षिया एनसीसी क्याडेट मेरीना विश्वकर्मालाई सम्वर्धना जनाएको छ। मेरिनाले गत १ नोभेम्बरदेखि २२ नोभेम्बरसम्म आगरामा सम्पन्न भएको एनसीसी पारा बेसिक कोर्स ट्रेनिङमा सफलतापूर्वक भाग लिँदै जमिनदेखि १२५० फीट माथीबाट हामफालेर रेकर्ड स्थापित गर्दै प्रशिक्षणमा सफलता प्राप्त गरेकी थिइन्।

उनको आँट र योग्यताको सम्मान गर्दै शुक्रबार उनले अध्ययन गर्ने महाविद्यालयले उनलाई सम्वर्धना जनाएको हो। उनी हाल सिलगढीको मुन्शी प्रेमचन्द महाविद्यालयमा राजनिती शास्त्रमा अनर्स गर्दै गरेकी दोस्रो वर्षकी छात्रा हुन् एवं उनी सालुगढाको तोरीबारी निवासी गोपाल विश्वकर्मा एवं बिष्णुमाया विश्वकर्माकी छोरी हुन्। यस दिनको कार्यक्रममा महाविद्यालयका प्राचार्य दिलिप कुमार घोष लगायत धेरै बिशिष्ट व्यक्तित्वहरु उपस्थित थिए। सम्वर्धना ग्रहण गरिसकेपछि मेरिनाले बताइन्, आफु पढ्दै गरेको महाविद्यालयले यसरी सम्वर्धना गर्दा अझ उर्जा मिलेको छ। आगरामा सम्पन्न भएको प्रशिक्षणमा एनसीसी फोर बेङ्गाल गर्ल्स बटालियनको तर्फबाट अंशग्रहण गर्ने सिलगढीबाट आफु एक्लो क्याडेट थिइन्। आफ्नो क्षेत्रलाई प्रतिनिधित्व गरेर सफलतापूर्वक प्रशिक्षण गर्नु पाउँदा आफैलाई धेरै खुशी मिलेको र भविष्यमा भारतीय सेनामा भर्ती भएर देशको सेवा गर्ने आफ्नो चाहना रहेको छ।

स्मरण रहोस्, पारा बेसिक कोर्स एनसीसी-को सबैभन्दा प्रतिष्ठित प्रशिक्षण कोर्सहरू मध्ये एक हो। प्रत्येक वर्ष ४० जना केटा र चालीस जना केटी क्याडेटहरू २२ दिनको अवधिको लागि पारा ट्रेनिङ स्कूल, आगरामा पारा बेसिक कोर्सको प्रशिक्षणमा उपस्थित हुन्छन्। यस कोर्सको भौतिक आवश्यकता चार मिनेटमा एक किलोमीटर दौड, पाँचदेखि छह पटक पुल-अप, बाईस पटक पुश-अप र छत्तीस स्क्वाटहरू छन्। त्यसैले पाराट्रूपर बन्नको लागि धेरै राम्रो शारीरिक शक्ति चाहिन्छ। इच्छुक उम्मेदवारहरूको चयन प्रशिक्षणको लगभग चार महिना अघिबाट सुरु हुन्छ र  केवल योग्य युवक-युवती मात्रै चयनित हुनेगर्छन्। पारा बेसिक कोर्समा चयन हुन विशेष तीन प्रकारका अन्तर्वार्ता लिने गरिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement