कथाकार सबिन थापा कृत “धारणा” कथा संग्रह विमोचन हुने

af9cdd42-733e-43aa-903a-0f3407799b0a-1

वीरपाडा: भारतीय स्वतन्त्रता संग्रामी शहीद मेजर दुर्गा मल्लको पूर्णाङग सालिक आगामी ७ जनवरीमा विधिवत अनावरण हुनेछ। सोही कार्यक्रममा डुवर्सका कथाकार सबिन थापाकृत “धारणा” कथा संग्रह विमोचन गरिने पूर्व घोषित कार्यक्रम बमोजिम आगामी ७ जनवरी लंकापाडा सुकुन्टी लाइन गणेश मन्दिर परिसरमा शहीद मेजर दुर्गा मल्ल सालिक निर्माण समितिको सालिक अनावरण समारोह बिच अतिथिहरुको बाहुलीबाट विमोचन गरिने जानकारी प्रकाशक शान्ता प्रकाशन प्रमुख उमेश प्रधानले एक प्रेस भेला मार्फत जनाएका छन् । शान्ता प्रकाशन प्रमुख उमेश प्रधानले शान्ता प्रकाशनले मध्य डुवर्सका युवा सर्जक सबिन थापाको पहिलो कथा संग्रह धारणा विमोचनले शहीद मेजर दुर्गा मल्लको पूर्नाङग सालिक लाई अझ जीवन्त तथा वहाँको देश प्रतिको देन जनमानसमा पुर्याउन सकिन्छ भन्ने कुरामा विश्वस्त रहेको बताए। कथाकार सबिन थापाले सालिक अनावरण साथै कथा संग्रह धारणाको विमोचन कार्यक्रममा साहित्यनुरागी, शिक्षानुरागी, जातिप्रेमी, संगीतप्रेमी सबैको उपस्थिति सहकार्य र सहभागिताको लागि विशेष आग्रह गरेका छन् ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement