पेटीएम-को बिदाईः अष्ट्रेलिया विरुद्ध सीरीजदेखि मास्टरकार्ड हुनेछ टाइटल स्पन्सर

२६ जुलाईः अष्ट्रेलिया विरुद्ध सेप्टेम्बरमा हुने घरेलु (होम) सीरीजदेखि टीम इण्डियाको टाइटल स्पन्सर पेटीएम-को स्थानमा मास्टरकार्ड हुनेछ। वास्तवमा पेटीएम-ले भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-सँग आफ्नो अधिकार मास्टरकार्ड-लाई दिने अनुरोध गरेको थियो। पेटीएम-को यस अनुरोधलाई बीसीसीआई-ले स्वीकार गरेको छ। साल २०१९-मा पेटीएम-ले भारतमा अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट म्याचहरूका टाइटल स्पन्सरशीपलाई चार सालको निम्ति बढ़ाएको थियो। पेटीएम-ले साल २०१९-देखि २०२३-सम्म टाइटल स्पन्सरशीपको निम्ति बीसीसीआई-लाई ३२६.८० करोड़ रुपियाँ दिनु थियो। यो डील प्रति म्याच ३.८० करोड़ रुपियाँको थियो। यसअघि यो राशि २.४ करोड़ रुपियाँ प्रति म्याच थियो। यसरी अब यस साल सेप्टेम्बरमा पहिला अष्ट्रेलिया अनि पछिबाट दक्षिण अफ्रिका विरुद्ध घरेलु सीरीजमा मास्टरकार्ड टाइटल स्पन्सर हुनेछ।
अर्कोतिर, टीम इण्डियाको जर्सी प्रायोजक बायजूस-माथि ८६.२१ करोड़ रुपियाँको ऋण रहेको छ। यस साल अप्रेलमा एडटेक कम्पनी बायजूस र बीसीसीआई-ले आफ्नो साझेदारी भारतमा हुने २०२३ वनडे वर्ल्ड कपको अन्तसम्म बढ़ाउनमा सहमति जनाएको थियो। त्यस समय अनुबन्ध राशिमा १० प्रतिशतको बढ़ोत्तरी गरिएको थियो। यस मामिलामा बायजूस-का प्रवक्ताले स्पष्टीकरण दिँदै भनेका छन्, हामीले बीसीसीआई-सँग अनुबन्ध बढ़ाएका छौं तर यसमा अहिलेसम्म हस्ताक्षर भएको छैन। अनुबन्धमा हस्ताक्षर हुनको साथै अनुबन्ध राशि शर्तहरू अनुसार दिइनेछ। यसैकारण हाम्रो तर्फबाट कुनै बाँकी छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement