मङपू: मङपूको सरस्वती विद्यालय सञ्चालन समिति भागोप्रमो कब्जामा आएपछि बिजय प्रार्थीहरुलाई सम्बर्द्धना जनाइएको छ। धेरै वर्षदेखि मङपूको सबैभन्दा पुरानो शैक्षिक संस्थान सरस्वती उच्चत्तर माध्यमिक विद्यालय सञ्चालन समितिको चुनाव हुन सकेको थिएन भने गत ३१ दिसम्बर २०२३ को दिन सञ्चालन समितिको चुनाव सम्पन्न भएको थियो। उक्त चुनावमा भागोप्रमो, गोजामुमो अनि भाजपा पार्टीबाट आ-आफ्नो प्रार्थीहरू खडा गरेका थिए भने छवटा सिटमा नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बिजय हाँसिल गरेका थिए। ती छजना बिजय प्रार्थीहरु क्रमैले बिनोद छेत्री, धुब्र राई, डिगेन शेर्पा, सकिल राई, सुदेश लम्जेल अनि सुरज राईलाई भागोप्रमो मङपू लाब्दा समष्टिको पक्षबाट सम्मान पत्र प्रदान गर्दै सम्मान जनाइएको छ। आजको सम्मान कार्यक्रम कमल छेत्रीको अध्यक्षता सम्पन्न भएको थियो। कार्यक्रममा जीटीएको क्षेत्रीय कार्यकारिणी सभासद रतन थापाको बाहुलीबाट छजना बिजय प्रार्थीहरुलाई खदा अनि सम्मान पत्र प्रदान गरेर सम्मान जनाइएको छ।

यसरी भागोप्रमो मङपू लाब्दा समष्टि सभापति गगन राई, सचिव अनिल छेत्री, दार्जिलिङ जिल्ला जनसम्पर्क अधिकारी बिज्ञान मिश्र, युवा मोर्चाका शीर्ष नेतृत्वहरु अनित खाती, रतन लामा, दिब्य बम्जन अनि नारी मोर्चा प्रतिनिधिहरू र पार्टीका अन्य सदस्यहरुबाट पनि बिजय प्रार्थीहरुलाई खदा लगाएर सम्मान जनाइएको थियो।