बेंगलुरु एफसी र केरल ब्लास्टर्सले प्रीमियर लीग टीमहरू विरुद्ध खेल्ने

२६ जुलाईः बेंगलुरु एफसी र केरल ब्लास्टर्सको रिजर्व टीमहरूले नेक्स्ट जेनरेशन कप फूटबल टुर्नामेण्टमा ईंग्लिश प्रीमियर लीग (ईपीएल)-का टीमहरू विरुद्ध खेल्नेछ। यो टुर्नामेण्ट भारतमा फूटबल खेलको विकासको समर्थन गर्न प्रीमियर लीग र फूटबल स्पोर्ट्स डेवलपमेण्ट लिमिटेड (एफएसडीएल)-बीच लामो समयदेखि चलिरहेको साझेदारीको हिस्सा हो। इण्डियन सुपर लीग (आईएसएल)-का यी दुईवटा क्लबका युवा खेलाड़ीहरूका टीमले यस सालको शुरुवातमा आयोजित क्वालीफाइंग स्पर्धामा शीर्ष दुई स्थानमा रहेर यस टुर्नामेण्टको निम्ति क्वालीफाई गरेको थियो। आठवटा टीमहरूका यस टुर्नामेण्टमा प्रीमियर लीगका पाँच युवा टीमका साथमा दक्षिण अफ्रिकाको एउटा एकाडमी टीम र भारतका यी दुईवटा टीमले हिस्सा लिनेछन्। टुर्नामेण्टको शुरुवात २७ जुलाईदेखि हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement