एसएसबीद्वारा १३ वटा सोलार स्ट्रिट लाइट वितरण साथै २० दिने टेलरिङ प्रशिक्षण प्रारम्भ

IMG-20240105-WA0213.jpg

दार्जीलिङ: ग्रामीण क्षेत्रता मानिसहरूलाई स्वनिर्भर बनाउन सरकार तथा गैर सरकारी संघ संस्थाहरू मात्र नभएर सशस्त्र सीमा बल पनि लागि परेका छन्। यसै अन्तर्गत आज दार्जीलिङ जिल्लाको रंगीत मजुवामा टेलरिङ प्रशिक्षणको विधिवत् शुभारम्भ गरियो। मजुवा ग्राम पञ्चायत प्रधान रोगेन वाङ्दी लेप्चाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको मुख्य अतिथि डेपुटी कमाण्डेन्ट अफिसर उपेन्द्र कौशिक, ३६ बटालियन एसएसबी गीजिङको विषेश उपस्थितिमा विशिष्ट अतिथिहरू सहायक कमाण्डेन्ट अफिसर अश्विन थुल डी ३६ बटालियन मानेभञ्ज्याङबाट उपस्थित रहेका थिए। यसै गरी मजुवा ग्राम पञ्चायतको उप प्रधान सरिता सुब्बा लगायत पञ्चायत समिति सदस्यहरू अनि प्रत्येक वार्ड सदस्यहरूको उपस्थितिमा दशजना महिला दिदी-बहिनीहरूलाई २० दिनको ट्रेलरिङ प्रशिक्षणको विधिवत् शुभारम्भ गरायो। जसमा सशस्त्र सीमा बलद्वारा १० वटा लुगा सिलाइको मशीन पनि प्रदान गरियो। कार्यक्रमको दोस्रो चरणमा मजुवा ग्राम पञ्चायतको निम्ति १३ वटा सोलार स्ट्रिट लाइट प्रदान गरे। जसमा मजुवा ग्राम पञ्चायत हाउसले उक्त सोलार स्ट्रिट लाइट कहाँ, कसरी लगाउने बारेमा कार्य गर्नेछ।प्रतिज्ञा भवनमा सम्पन्न कार्यक्रमको यस अवसरमा कमाण्डेन्ट अफिसर उपेन्द्र कौशिकले भने, सिमा क्षेत्रमा रहेका ग्रामवासीहरूलाई स्व निर्भर बनाउने विशेष उद्देश्य रहेको र यस मजुवा ग्राम वासीहरूलाई विभिन्न योजनाहरूद्वारा अघि लैजाने वचन दिए। कुनै प्रकारको असुविधा आपत्तिमा ३६ बटालियन एसएसबी यहाँहरूको साथ रहेको र सहयोग गरिने उनले बताए।

कार्यक्रम अध्यक्ष रोगेन वाङ्दी लेप्चाले आफ्नो विचार राख्दै ३६ बटालियन एसएसबीद्वारा मजुवा ग्राममा धेरै कामहरू भएको र आगामी दिनहरूमा पनि यस्तो उपलब्धि पूर्ण कार्यको निम्ति अघि आइदिने आग्रह गर्दै आजको कार्यक्रम सफल बनाइ दिनु उपस्थित भई दिएकोमा आभार व्यक्त गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *