बिजनबारीमा सिङ्गल प्लास्टिक ब्याक प्रयोगमाथि जागरूकता कार्यक्रम

IMG-20240105-WA0209.jpg

बिजनबारी: प्लास्टिकजन्य सामानहरू प्रयोग गर्न मानव सभ्यतालाई ठूलो चुनाैती बनेका छनि अनि यसले पर्यावरण नै प्रदुषित बनाइसकेका छन। यसै विषयलाई ध्यानमा राख्दै “सिङ्गल प्लास्टिक ब्याक” प्रयोगलाई कम गराउन आज दार्जिलिङ पुलबजार खण्ड विकास अधिकारी लाक्पा वाङचुक शेर्पाको पहलमा तथा बिजनबारी युनाइटेड युथ फोरमको आयोजनामा एक दिने जागरूकता कार्यक्रम गरेको छ। बिजनबारी बजारको टिनटिन नजिक एक कार्यक्रम गरेर मानिसहरूलाई सिङ्गल प्लास्टिक ब्याक प्रयोगमाथि सचेत गराउँदै यसबाट हुने क्षतिबारे अवगत गराए अनि प्लास्टिकजन्य समानहरूले पर्यावरणमाथि कै कस्तो प्रभाव पर्छ आदि विषयमा जनाएका छन्। यसका साथै विभिन्न प्रकारको चित्र बनाएर मानिसहरूलाई सचेत गराउने कार्य पनि गराएका छन्। उक्त कार्यक्रम विषयमा फोरमका सभापति योगेन्द्र राईले थप जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement