मिरिकमा गोजमुमोको जनसभा हुने

IMG-20240105-WA0203.jpg

मिरिक: गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमा समितिको एक सभा महकुमा समिति अध्यक्ष रुपेश राईको अध्यक्षतामा सम्पन्न भयो। सभाले मिरिकमा चाँढै जनसभा राखिने विषयमा जोर दिइएको जानकारी प्राप्त भएको छ। यही विषय नै आजको सभाको प्रमुख विषय बुँदा रहेको थियो। वर्तमान गोर्खा जनमुक्ति मोर्चा पार्टीले जनतालाई सर्वोपरि ठान्दै आजसम्म संघर्ष गरिरहेको कारण नै जनताको विश्वास लगातार बढिरहेको र यसैलाई लिएर संगठनमा जनाधार बढिरहेकोमा सबैले छुट्टै राज्य गोर्खाल्याण्ड निर्माणको दिशामा काम गर्ने जोस जाँगर बढिरहेकोमा खुलेर कुरा राखेको जानकारी प्राप्त भएको छ। अब चाढै अर्को सभाले जनसभाको मिति सार्वजनिक गर्ने भएको छ भन्दै गोजमुमो मिरिक महकुमा समितिको महासचिव पूर्णसिंह राईले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement