खरसाङ: खरसाङ फुटबल एसोसिएशनद्वारा आयोजित तेस्रो अन्तर जिल्ला महिला फुटबल टुर्नामेन्टको दोस्रो सेमिफाइनल खेल आज स्थानीय चानमारी मैदान खरसाङमा सम्पन्न भयो। उक्त खेल हिमालयन एफसी र वुमन्स एफसी, मिरिकमाझ सम्पन्न भयो।
आजको खेलमा मुख्य अतिथिको रूपमा खरसाङकी डेपुटी म्याजिस्ट्रेट लाडेन लेप्चा, जीटीएको खेलकूद अनि युवा मामिला एमओडी सभासद नवराज छेत्री, विशिष्ट अतिथिमा अनिता कुमारी अनि अञ्जली मुण्डा जो अण्डर २० भारतीय दलको पक्षबाट २०२३ मा ओडिस्सामा आयोजित साफ खेलमा भाग लिएका थिए अनि पञ्चायत समिति सदस्य मौसम तामङ, केजीएचएसएका अध्यक्ष मोहन योञ्जन, सुबेदार एसके सलिम उपस्थित थिए। आजको खेलमा हिमालयन एफसीले वुमन्स एफसी मिरिकलाई ० को विरुद्ध ७ गोल गरेर सजिलै फाइनलमा स्थान बनाउन सफल भएका छन्। आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेकोमा हिमालयन एफसीका पण्डिमित लेप्चालाई प्लेयर अफ् द म्याच चयन गरी विशिष्ट अतिथि मोहन योञ्जनको बाहुलीबाट प्रदान गरियो। त्यसरी नै खेलमा अंश ग्रहणको निम्ति वुमन्स एफसी मिरिक दललाई सुबेदार एसके सलिमक बाहुलीबाट स्मृति चिन्ह प्रदान गरियो।

आजको खेलमा मुख्य निर्णायकको रूपमा प्रतिक गुरुङ, सहायक निर्णायक प्रमोद प्रधान, सुरेन गुरुङ, फोर्थ अफिसियलमा दावा डोमा भोटिया अनि अर्बिन्द छेत्री रहेका थिए। अब आगामी ७ जनवरीको दिन हुने फाइनल खेल आरभीके फुटबल अकादमी डुवर्स अनि हिमालयन एफसीमाझ खेलिनेछ भनी खरसाङ फुटबल एसोसिएशनको सचिव सुदिप राईले जानकारी दिएका छन्।