बाटोको निर्माण कार्यमा हेलचेक्राई सहन गरिने छैन: आकाश प्रधान

Screenshot_20240105_173537_WhatsApp.jpg

दार्जीलिङ: बाटोको निर्माण कार्यमाथि हेलचेक्राई सहन गरिने छैन भन्ने चेताउनी हाम्रो पार्टीले दिएका छन। रिसिहाट ब्लूमफिल्ड समष्टि अन्तर्गत गोरेधुरा सुनधार हुदै डाडाँ गाउँ जाने बाटोको निर्माण कार्यमा धेरै हेलचेक्राई भएको हाम्रो पार्टी केन्द्रीय समिति सदस्य एंव रिसिहाट ब्लूमफिल्ड समष्टिको कार्यकर्ता आकाश प्रधानले बताएका छन। प्रधानले एक भिडियो फुटेज जारी गरेर आफु गत केही दिनदेखि विशेष कामको कारणले गर्दा आफ्नो गाउँ डाडाँ गाउँ देखि बाहिरो रहेको जनाएका छन।आफु बाहिरो रहेको भएता पनि गाउँमा निर्माण भई रहेको प्रधानमंत्री ग्रामिण योजना अन्तर्गत जीटीएद्वारा बाटोको निर्माण कार्य धेरै हेलचेक्राई र लापर्वाहीसंग भई रहेको भिडियो फुटेजहरू आफ्नो गाउँका साथी भाइहरूले आफुलाई पठाएको प्रधानले बताएका छन। बाटोको निर्माण कार्यको भिडियो फुटेजहरू हेर्दा निर्माण कार्यमा साच्चै नै हेलचेक्राई भएको स्पष्ट देखिन्छ। सडकमाथि विछाएको अलकत्रहरू पक पक उप्कने गरेको भिडियोमा स्पष्ट देखिन्छ भन्ने हाम्रो पार्टी केन्द्रीय सदस्य एंव रिसिहाट ब्लूमफिल्ड समष्टि कार्यकर्ता आकाश प्रधानले बताएका छन। जीटीए चीफ अनित थापाले यस बारे अविलम्ब हस्तक्षेप गरेर बाटोको निर्माण कार्य राम्रोसंग गरी दिने प्रधानले अनुरोध गरेको छ। रिसिहाट ब्लूमफिल्ड समष्टि अन्तर्गत पर्ने डाडाँ गाउँ जाने बाटोको निर्माण कार्य यतिका बर्षहरूसम्म भएको थिएन, जसले गर्दा बर्खायाको समयमा स्थानीय विधार्थीहरूलाई स्कूल, कलेज जानु धेरै समस्याहरू भोग्न पर्दै आई रहेको थियो। कुनै पनि ठाउँ को विकाश हुनमा सर्व प्रथम बाटोको जरूरत पर्ने हुन्छ तर यतिका आजसम्म डाडाँ जाने बाटोको निर्माण कार्य भएकै थिएन।बल्ला बल्ला बाटोको निर्माण कार्य हुदैछ तर यसमा पनि हेलचेक्राई र लार्पवाही भएकोले समस्त गाउँबासीहरूको मनमा चोट लागेको छ भन्ने प्रधानले बताएका छन। बाटोको निर्माण कार्यमा हेलचेक्राई कार्यमा हामी सहन गर्ने छैनौ भन्ने हाम्रो पार्टी केन्द्रीय सदस्य एंव रिसिहाट ब्लूमफिल्ड समष्टि कार्यकर्ता आकाश प्रधानले बताएका छन। स्मरण रहोस प्रधानमंत्री ग्रामिण सडक योजना अन्तर्गत जीटीएद्वारा डाडाँ गाउँ जाने बाटोको निर्माण कार्य भई रहेको छ तर सडकमा विछाएको अलकत्रहरू सप्ताह दिन नवित्दै पक पक उप्कने गरेकोले डाडाँ गाउँका बासिन्दाहरू धेरै विच्किएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement