तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्ट: युवराज ईलेभेन तीनधारे सेमी फाइनलमा प्रवेस

IMG-20240105-WA0182.jpg

खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज भएको तेस्रो क्वाटर फाईनल खेलमा युवराज ईलेभेन ६ विकेटले बिजय भएको छ। आज सम्पन्न तेस्रो क्वाटर फाईनल खेल महानदी युनाईटेड स्पोर्टिङ क्लब र युवराज ईलेभेन तीनधारेमाझ सम्पन्न भयो। महानदीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर ७८ रन बनाएको थियो। महानदीको पक्षमा बिराज दाले २७ रन बनाएका थिए। ७९ रनको लक्ष्यलाई खेदो गर्दै युवराज ईलेभेनले १२ ओभरमा ४ विकेट गुमाएर सजिलै खेल जितेर सेमी फाइनलमा प्रवेस गरेको छ। युवराज ईलेभेनको पक्षमा सिध्दार्थ शर्माले ४२ रन बनाएका थिए।

यस खेलमा ब्याटिङमा ४२ रन र बलिङमा २ विकेट लिने युवराज ईलेभेन तीनधारेको सिध्दार्थ शर्मालाई म्यान अफ् द म्याच चयन गरिएको छ। अब भोलि हुने चौथो क्वाटर खेल मित्र संघ गोलाई पाखा र घैयाबारी ईलेभेनमाझ हुने आयोजक समितिको पक्षमा शुभम प्रधानले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement