शिदोकान कराते खुला राष्ट्रिय च्याम्पियनसिपमा विजयी बनेर फर्किए सिलगढीका खेलाडीहरू

IMG-20240105-WA0159

सिलगढी: विश्व कराते संघ, शिदोकन कराते भारतको तर्फबाट २६ दिसम्बर २०२३ देखि ३१ दिसम्बर २०२३ सम्म पहिलो शिदोकान कराते खुला राष्ट्रिय च्याम्पियनसिप मुम्बई, महाराष्ट्रमा सम्पन्न भएको थियो। यस च्याम्पियनसिपमा पश्चिम बंगाल शिदोकान कराते संघ (सिलगढी)बाट आफ्ना कराते गुरु सेन्सी राम छेत्रीको निर्देशनमा २० जना प्रतियोगीहरू सहभागी थिए।

जसको विवरण यसप्रकार छ:

६० देखि ७० केजी तौल प्रतियोगितामा अंगद छेत्रीले कुमितेमा स्वर्ण र कातामा स्वर्ण पदक, अजित मुण्डाले कुमितेमा र कातामा रजत पदक, निशान्त शर्माले काता र

 कुमितेमा काँस्य पदक जितेका छन्l  

 ५० देखि ६० केजी तौल प्रतियोगितामा अमित प्रसादले कुमितेमा र कातामा रजत पदक अनि सुसंक शर्माले कुमितेमा काँस्य पदक जितेका छन्l

 ५० देखि ६० किलो तौल (केटीहरू)मा सञ्चिता उपाध्यायले कातामा  स्वर्ण र कुमितेमा रजत अनि रितिका थापाले कातामा र कुमितेमा रजत पदक जितेकाl  

 ४० देखि ५० केजी तौल प्रतियोगितामा रोशनी खातुनले कुमिते र कातामा स्वर्ण पदक जितेका छन्l

३० देखि ५० तौल प्रतियोगितामा सुहाना राईले कुमिते र कातामा स्वर्ण पदक जितेर आफ्नो राज्य र क्षेत्रको नाम उज्ज्वल परेका छन्।  सबै खेलाडीहरू आफ्ना गुरु सेन्सी राम छेत्रीसँगै ३ जनवरीमा आफ्नो शहर सिलगढीमा फर्किए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement