काेचबिहार: केन्द्रीय राज्य गृहमन्त्री निशीथ प्रमाणिकलाई पक्राउ गरिनुपर्ने माग गर्दै तृणमूल कङ्ग्रेसका नेतृत्वहरूले आज दिनहाटा थाना घेराउ गरेर विक्षोभ प्रदर्शन गरे। तृणमूल कङ्ग्रेसका कार्यकर्ता तथा समर्थकहरूले आज दिनहाटा सङ्हति मैदानबाट एउटा रैली निकालेर दिनहाटा थाना अघि पुगेपछि विक्षोभ प्रदर्शन गरे। यस अवसरमा उत्तरबंग विकास मन्त्री उद्यन गुह, जिल्ला तृणमूल अध्यक्ष अभिजीत दे भौमिक, रवीन्द्रनाथ घोष, परेश अधिकारी, हितेन बर्मन, दिनहाटा विधानसभाको विभिन्न अञ्चलका तृणमूल कङग्रेसका कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए।