कोभिड़ भारत: कोरोनाकाे ७६१ नयाँ मामिला, १२ जनाकाे मृत्यु

1000488880.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ७६१ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,५०,१६,६०४ पुगेकाे छ। देशमा हालसम्म कोरोनाभाइरस उप-विविध जेएन.१(JN.1) को कुल ५११ मामिला दर्ता भएका छन्। विगत २४ घण्टामा कोरोनाले केरलामा ५, कर्नाटकमा ४, महाराष्ट्रमा २ र उत्तर प्रदेशमा १ जनागरी कुल १२ जनाकाे मृत्यु भएकाे छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३३,३८५ पुगेको छ। यसरी नै यस अवधिमा ८३८ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,७८,८८५ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या बढेर ४,३३४ पुगेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १७,६०५ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,५८,७९,४९५ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टभमा ०० जनाले कोरोना खोप लगाउनको साथ कुल २,२०,६७,७९,०८१ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement