गान्तोक: नेपालको पोखरामा आयोजित टेनिस बल क्रिकेट इन्टरनेशनल चेम्पीयनशीप फाइनलमा सिक्किमको टीम उपविजेता बनेको छ खेलाडी दललाई राज्यका प्रमुख प्रवेशद्वार रम्फूमा टेनिस बल क्रिकेट एसोसिएसनका सदस्यहरु सहित खेलाड़ी दल परिवारका सदस्य साथै विभिन्न संघ, संस्था र संगठनका प्रतिनिधिहरुले भव्य स्वागत गरे। समाचार अनुसार ३० दिसम्बरदेखि नेपालको पोखरामा नेपाल यूथ स्पोर्ट्स डेभलप्मेन्ट फोरमद्वारा आयोजित प्रतियोगितामा २० भन्दा ज्यादा दलहरुले सहभागिता जताएका थिए। फाइनल उत्तर प्रदेश र सिक्किमबीच सम्पन्न भएको थियो भने सिक्किम फाइनलमा उपविजेता घोषित भए। एसोसिएसन सिक्किमको बेनरमा सिक्किमदेखि सचिव श्रीमती अमिता जी थापा, कोच अनमोल मणि गिरीको नेतृत्वमा टीम म्यानेजर देवकुमार छेत्री ,खेलाडीहरु अभिशेक दर्जी, अभिशेक शर्मा, सुधीर कुमार, हरी चन्द्र रेग्मी, दौलत छेत्री, प्रवेश शर्मा, बिवश तामाङ, राम पुनित, लीला छेत्री र अनूप शर्माले उत्कृष्ट प्रदर्शन गर्दै ६ अन्य दलहरुलाई पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल बनेका थिए। एसोसिएसन सभापति निर्मल भट्टराईको सहयोग र दिशा निर्देशनमा सिक्किमदेखि गएका दलको प्रदर्शनले चर्चा पाएको थियो। उपविजेता ट्रफीको साथ सिक्किम फर्केका दलको स्वागतको क्रममा बोल्दै एसोसिएसन सचिव अमिता जी थापाले खेलाड़ीहरुले सिक्किमको नाम चम्काएको बताइन्।