गान्तोक: नाम्ची जिल्लाको लोवर तनक निवासी नर बहादुर बानियाले आत्महत्या गरेको जानकारी गराइएको छ। पुलिसले जानकारी गराए अनुसार ५० वर्षीय बानियालाई तनक पाखा जंगलको एउटा रूखमा झुण्डिरहेको अवस्थामा फेला पारेको थियो। यस घटनाको सूचना पाउनसाथ पुलिसबल घटनास्थलमा पुगेर शवलाई आफ्नो अधिनस्थ लिँदै पोस्टमार्टमको निम्ति पठाएको छ।









