प्रेमिकाको बिहे अन्यत्र भएको कारण बाघपुलबाट हाम फालेर आत्महत्या गरेको अनुमान

Capture3-1.png

सिलगढी: सिलगढीको विनय मोड निवासी गौर मण्डलले आत्महत्या गर्न अघि आमाको ख्याल राख्नु भनेको केही क्षणपछि बाघपुलबाट टिस्टा नदीमा हाम फालेर आत्महत्या गरेका थिए। घटनाक्रम अनुसार गौर मण्डलको एउटी युवतीसित प्रेम सम्बन्ध थियो। तर गत दुईवर्षअघि उक्त युवतीले अर्कै युवकसित बिहे गरेको थियो। तबदेखि गौर मानसिक रूपमा विचलित भएको परिवारका सदस्यले बताएका छन्। यसलै गर्दा नै गौरले हिजो टिस्टा नदीमा हाम फालेर आत्महत्या गरेको हुनसक्ने परिवारका सदस्यहरूले बताए। आपदा मुकाबला टोलीले आज बिहानैदेखि टिस्टा नदीमा युवकको खोजी गरे तापनि कुनै पत्तो नलागेको बताइएको छ। परिवारका सदस्यहरू आज बिहानैदेखि टिस्टा नदी किनारमा थिए। गौर मण्डल हिजो दिउँसो घरबाट निस्केका थिए। यसपछि तिनले सेभोकस्थित बाघपुलबाट टिस्टा नदीमा हाम फालेर आत्महत्या गरेको बताइएको छ। यसभन्दा अघि तिनले परिवारका सदस्यलाई फोन गरेर आमाको ख्याल राख्नु भनेका थिए। यसको केही क्षणमै तिनले बाघपुलबाट टिस्टा नदीमा हाम फालेका थिए। गत राति नै परिवारका सदस्यहरू सेभोक आइपुगेका थिए भने आज बिहान खोजी अभियान अवधि तिनीहरू टिस्टा नदी किनारमा बसेका थिए। युवकको भाइले बताएअनुसार गौरको एउटी युवतीसित प्रेम सम्बन्ध थियो। तर दुईवर्षअघि नै सो युवतीले अर्कै युवकसित बिहे गरेको थियो। तबदेखि नै गौर मानसिक रूपमा विचलित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement