खरसाङ: दार्जिलिङ जिल्लाको स्पोर्ट्स कराते-डु संघको वार्षिक सभा शिहान अनिल राईको अध्यक्षतामा र महासचिव सेन्सी सन्दीप प्रधानको सञ्चालनमा सम्पन्न भयो। उक्त बैठकमा जिल्लामा आधिकारिक रुपमा आबद्ध रहेका करातेका विभिन्न शैलीका प्रमुखहरुको सहभागिता रहेको थियो। बैठकमा विद्यार्थीले भविष्यमा लाभान्वित हुने गरी आधिकारिक खेलमा खेलाडीहरू र प्रशिक्षकहरूलाई कसरी प्रवर्द्धन गर्ने भन्ने विभिन्न विकासमूलक विषयमा छलफल भएको थियो। जिल्ला समितिले करातेको आधिकारिक इभेन्टमा उत्कृष्ट विद्यार्थीलाई प्रायोजन गर्ने निर्णय गरेको छ। जिल्ला समितिले राष्ट्रिय निकाय कराते ईण्डिया अर्गनाइजेशन र राज्य निकाय, कराते एसोसिएसन अफ् बंगालको कडाईका साथ पालना गर्ने निर्णय पनि गरियो।डब्ल्युकेएफ, केआईओ र केएबीद्वारा अनुमोदित दार्जिलिङ जिल्लाको एक मात्र आधिकारिक रूपमा सम्बद्ध निकाय हो जसलाई राज्य चयन र च्याम्पियनशिपहरूमा भाग लिन जिल्ला चयनहरू आयोजना गर्ने अधिकार छ। आधिकारिक जिल्ला छनोट २०२४ फरवरी ३ र ४ तारिख गरिने छ जसमा सम्बद्ध संघ र क्लबका विद्यार्थीहरू सहभागी हुनेछन्। बैठकको उत्कृष्ट नतिजा यस्तो छ कि यस वर्षदेखि दार्जिलिङ जिल्ला समितिले सन् २०२३ मा उत्कृष्ट प्रदर्शन गर्ने मेधावी विद्यार्थीहरूको लागि वार्षिक पुरस्कार समारोह आयोजना गर्ने भएको छ। यो पहिलो पटक हो कि दार्जिलिङ जिल्लाको खेलकुद कराते-डू संघको ब्यानरमा करातेका सबै शैलीहरूलाई एउटै मञ्चमा पुरस्कृत गरिनेछ।बैठकमा उपाध्यक्ष सेन्सेई मिराज लेप्चा र कोषाध्यक्ष सेन्सी निरज राई लगायत सबै शैली प्रमुखहरुको उपस्थिति रहेको थियो र विद्यार्थीहरुको हितमा संघलाई आगामी दिनमा थप मजबुत बनाउने विषयमा विचार राखेको थियो भनी सन्दीप प्रधानले जानकारी गराएका छन्।